६ भाद्र २०८३, शनिबार
,
Latest
अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



अ+ अ-

चितवन। जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो । रासस