६ भाद्र २०८३, शनिबार
,
Latest
बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल



अ+ अ-

काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पुँजीबाद नै भएको बताउनुभएको हो ।

उहाँले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताउनु भयो ।

२०६२÷६३ को जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उहाँको भनाई छ । खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म नेकपा एमालेमा लामो समय बसेँ । नयाँ जनवादका निम्ति लड्दै आएँ । पाँचौँ महाधिवेशनमा आइपुग्दा कमरेड मदन भण्डारीले नयाँ जनवाद भनेको एक दलीय जनवाद हो, बहुदलीय जनवाद अपनाउनुपर्छ’ भनेर उहाँले बहुदलीय जनवादी कार्यक्रम ल्याउनुभयो । त्यसवेला पनि मैले यसका विरुद्ध भिन्न मत राखेर मैले सङ्घर्ष गरेँ । त्यतिवेला मलाई के लागेको थियो भने यो जनवादी क्रान्तिको कार्यक्रमको रूपमा ल्याइएको छ, अब ६२–६३ मा त्यो क्रान्ति सम्पन्न भयो । अब समाजवादी क्रान्तिको क्रममा यस्तो कुरा नआउला भनेको, त्यसपछि पनि बहुदलीय जनवाद, हेर्नुस् न अहिले एमाले । बहुदलीय जनवाद, बहुदलीय जनवाद भनेर गए केपी ओली, अहिले त्यो बेहाल छ, त्यो पार्टी । अहिले पनि हामीभन्दा ठूलै होला एमाले तर ठूलो भएपनि विष्फोटक अवस्थामा पुगिरहेको छ, त्यो पार्टीको नेतृत्व त्यही अवस्थामा रहि रहे यिनै विचारले रहिरह्यो भने त्यो पार्टी ध्वस्त हुन्छ । त्यसो हुनाले यो बहुदलीय जनवाद भनेको पुँजीवाद हो । बहुदलीय जनवाद भनेको अर्को शब्दमा पुँजीवादी जनवाद हो । हामीले जाने भनेको त वैज्ञानिक समाजवाद भनेको समाजवादी लोकतन्त्र हो । कम्युनिष्टहरू भनेको नै समाजवादी लोकतन्त्रका पक्षधरहरू हुन् । जतिवेला हामीले समाजवादी लोकतन्त्र प्राप्त गर्छौँ, त्यो लोकतन्त्रको पनि सर्वोच्च रूप हो । त्यहाँभन्दा उँभो कुनै लोकतन्त्र हुँदैन ।’

उहाँले कम्युनिष्टहरुको समाजवादको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्र भएको बताउनु भयो । विद्यमान लोकतान्त्रिक व्यवस्थालाई पुँजीवादी लोकतन्त्रको निरन्तरता भएकोले यसलाई परिवर्तन गरेर समाजवादी लोकतन्त्र स्थापना गर्न लाग्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल