४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद



अ+ अ-

दाङ। दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।

समाजमा हुने अवाञ्छित गतिविधि रोक्न, सम्भावित हुनसक्ने मानवीय क्षति कम गर्न र जङ्गली जनावरको अवैध चोरी–सिकारीमा प्रयोग हुनसक्ने अवैध हतियार बरामद अभियानलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभयो ।

सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा बरामद गर्नुका साथै यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिकाबाट १४ नाल,  लमही नगरपालिकाबाट १३ नाल, तुलसीपुर उपमहानगरपालिकाबाट पाँच नाल, बबई गाउँपालिकाबाट दुई नाल, शान्तिनगर गाँउपालिका तथा घोराही उपमहानगरपालिकाबाट एक÷एक नाल भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीले साउन महिनामा मात्रै ९० नाल भरुवा बन्दुक बरामद गरेको थियोे । प्रहरीले अवैध हतियार बरामद गर्ने अभियान चलाएपछि घरमा राखेका सबैले वनक्षेत्रमा हतियार लुकाउने गरेको पाइएको छ । रासस