काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ।
बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा पछिल्लो समय भएका घटनाक्रमबारे गम्भीर समीक्षा भइरहेको छ। प्रदेश सरकार गठनका क्रममा पार्टीको भूमिका, भएका राजनीतिक गतिविधि तथा त्यसबाट उत्पन्न परिस्थितिबारे बैठकमा छलफल भइरहेको बताइएको छ।
बैठकले बागमती प्रदेशमा सरकार निर्माणका क्रममा देखिएको राजनीतिक अवस्थाबारे पार्टीको आगामी रणनीति र धारणा तय गर्ने अपेक्षा गरिएको छ। साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने राप्रपाले जनाएको छ।











