४ भाद्र २०८३, बिहीबार
,
Latest
‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद्माथि गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)बाट सञ्चालित कार्यक्रमको प्रभावकारी अनुगमन गर्न नसकेको आरोप लगाएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षणबारे भएको छलफलमा सांसद सुनारले समाज कल्याण परिषद्लाई एनजिओ तथा आइएनजिओको काम नियमन गर्ने प्रमुख निकाय भए पनि त्यसको प्रभावकारी भूमिका नदेखिएको बताएका हुन्।

उनले विशेषगरी दलित, गरिब, सुकुम्बासी तथा सीमान्तकृत समुदायका नाममा नेपाल भित्रिने वैदेशिक सहायता वास्तविक लाभग्राहीसम्म पुगे–नपुगेको यकिन गर्नुपर्ने बताए।
सुनारले कार्यक्रम, तालिम र प्रशासनिक खर्चका नाममा ठूलो रकम खर्च हुने गरे पनि त्यसबाट लक्षित समुदायमा देखिएको प्रत्यक्ष उपलब्धि खोजिनुपर्नेमा जोड दिए।

राउटे समुदायका लागि विगतमा शिक्षा, आवास तथा जीविकोपार्जनका नाममा खर्च भएको रकमको समेत प्रभाव मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो। उनले दैलेखको गुराँस गाउँपालिकालगायत क्षेत्रमा राउटे समुदायका लागि सञ्चालित कार्यक्रमले कस्तो परिणाम दिएको छ भन्नेबारे छानबिन गर्नुपर्ने माग गरे।

‘समाज कल्याण परिषद् सबै एनजिओ र आइएनजिओको हेडमास्टर हो। त्यहाँ कागज मिलाउनेभन्दा परिणाम खोजिनुपर्छ,’ उनले भने, ‘राउटेका नाममा कति रकम लगानी भयो, कति बालबालिका विद्यालय गए र कति परिवारले त्यसबाट लाभ पाए भन्ने स्पष्ट हुनुपर्छ।’

सुनारले दलित तथा विपन्न समुदायका नाममा आउने सहयोगको विवरणसमेत सार्वजनिक गर्नुपर्ने बताए। दैलेख, लोहोरे, गडाचौतारा, झुप्रा खोला तथा तराईका बादी, डुम, चमार, मुसहरलगायत समुदायका नाममा आएको रकम उनीहरूको जीविकोपार्जनमा कति खर्च भयो भन्ने प्रश्न उनले उठाए।

उनले वैदेशिक सहयोग परिचालनको प्रक्रियाभन्दा त्यसबाट प्राप्त परिणाम महत्वपूर्ण हुने बताए।

‘प्रक्रियामा प्रश्न छैन, परिणाम के हो? परिणाम चाहियो यहाँ,’ सुनारले भने।

उनले समाज कल्याण परिषद्को कार्यशैलीबारे सार्वजनिक लेखा समितिले गम्भीर छलफल गरी वैदेशिक सहयोगको प्रभावकारी अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने मागसमेत गरे।