१ भाद्र २०८३, सोमबार
,
Latest
स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६



अ+ अ-

काठमाडौँ। नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् ।

देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ जेइ थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् ।

६३ सङ्क्रमितमध्ये ३१ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ । जेइ सङ्क्रमितबाट मृत्यु भएका १६ जनामध्ये सबैले खोप नलगाएको पाइएको छ ।

मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन् । मृत्यु भएका १६ जनामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्याङ्कले देखाउँछ। उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ सङ्क्रमणभन्दा बढी देखिएको छ। जेइबाट मृत्यु भएकामध्ये झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जना रहेका छन् ।

जेइ सङ्क्रमण नेपालको पूर्वी क्षेत्रमा देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ। महाशाखाको जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश जेइ सङ्क्रमित धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्ने गरेका छन् ।

सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ । जेइ लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको मष्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो ।

यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुराजस्ता चरा चुरुङ्गी र सुँगुरजस्ता जनावरहरुलाई लामखुट्टेले मानिसलाई टोेकेमा यो रोग मानिसमा लाग्दछ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ । रासस