१ भाद्र २०८३, सोमबार
,
Latest
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ



अ+ अ-

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो ।

यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिनुभयो । रासस