१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते



अ+ अ-

काठमाडौँ। टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो ।

टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकहरूका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको यकिन कारण पत्ता लगाउन गभर्नरको कार्यालयले सम्बन्धित निकायलाई अनुसन्धानको निर्देशन दिएको छ ।

अहिले उक्त घटनाबारे विस्तृत अध्ययन भइरहेको अधिकारीहरूले जनाएका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल