३० श्रावण २०८३, शनिबार
,
Latest
नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने



अ+ अ-

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ ।

बीमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ ।

बोर्डका प्रवक्ता डा पवनकुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगीमार्फत सर्वसाधरण बिमा आबद्ध हुने गरेकामा शुक्रबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिए ।

“हामीले बिमामा आबद्ध हुनका लागि अनलाइनामार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ”, उनले भने, “अबदेखि दर्ता सहयोगीविना बिमा आबद्धता, नवीकरणलगायत सबै काम हुन्छन् ।”

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइनमार्फत बीमा आबद्धता र नवीकरण गर्न सुरु गरिएको प्रवक्ता शाहले बताए । उनका अनुसार यसका लागि ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आइपिएस’ मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीमार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सक्नेछन् । अहिले बीमामा ५९ लाख ७० हजार ४०३ जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।

थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । यस्तै आठ प्रकारका कडा रोगमा एक लाख बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । रासस