३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन



अ+ अ-

दाङ। यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु ४२ करोड तीन लाख ४१ हजार ९३५ राजस्व सङ्कलन भएको हो ।

चालक अनुमतिपत्रबाट रु १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट रु तीन करोड ६६ लाख २१ हजार ७५, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट सङ्कलन भएको उहाँले बताउनुभयो । सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा रु ५४ करोड राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको हो ।

गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागतपत्र जलेर नष्ट भएको थियो । त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व सङ्कलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चार पाङ्ग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । रासस