२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी



अ+ अ-

जेनेभा। सन् २०१८ पछि विश्वभरका स्वास्थ्य सेवामाथि १० हजारभन्दा बढी आक्रमण भएको दावी गरेको छ ।

अन्तरराष्ट्रिय यस संस्थामा दर्ता भएका तर कसैलाई पनि न्यायको कठघरामा नउभ्याइएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार चिन्ता व्यक्त गरेको हो ।

यी आक्रमणहरू २९ देश र क्षेत्रहरूमा रिपोर्ट गरिएका छन्, जसका कारण करिब पाँच हजार ७०० जनाको मृत्यु र आठ हजार ५०० जना घाइते भएका डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्य सेवा कहिल्यै लक्ष्य बन्नु नहुने भन्दै विश्व समुदायमाथि बारम्बार जानकारी गराउदै आउनुभएको छ।

डब्ल्यूएचओले स्वास्थ्य सेवामाथिका आक्रमणहरूको पुष्टि र अभिलेख राख्छ तर दोषारोपण गर्दैन किनकि यो अनुसन्धान गर्ने निकाय होइन।

डब्ल्यूएचओको मानवीय तथा विपद् व्यवस्थापन एकाइका निर्देशक अलताफ मुसानीले जेनेभामा सञ्चारमाध्यमलाई जानकारी दिँद यी तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, “जवाफदेहिता राष्ट्रिय स्तरमा मात्रै हुनुपर्छ भन्ने छैन।”

“स्वास्थ्य सुविधाहरू र समग्र स्वास्थ्य प्रणाली अन्तर्राष्ट्रिय मानवीय तथा अधिकार कानुनको संरक्षणमा पर्छन् र केही जेनेभा महासन्धिहरूद्वारा सुरक्षित छन्,” उहाँले भन्नुभयो ।

“मैले उल्लेख गरेका १० हजारभन्दा बढी प्रमाणित घटनाहरूमध्ये एउटै पनि जवाफदेहिता प्रणालीमा प्रवेश गरेको छैन।”

“यस वर्ष मात्रै संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यमामिला हेर्ने यस निकायले ९१४ वटा आक्रमण दर्ता गरेको छ, जसबाट ९११ जनाको मृत्यु र एक हजार ४८६ जना घाइते भएका छन्,” मुसानीले भन्नुभयो ।
युक्रेन, लेबनान र प्यालेस्टिनी क्षेत्रहरूले सन् २०२६ मा अधिकांश घटनाहरूको हिस्सा ओगटेका छन् ।

अन्य घटनाहरू म्यानमार, इरान, सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिण सुडान, रुस, सिरिया र नाइजेरियाबाट रिपोर्ट गरिएका छन्।

मुसानीले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी रिपोर्ट गरिएको आक्रमणको प्रकार भारी हतियार प्रयोग गरी गरिएका आक्रमणहरू हुन्, त्यसपछि स्वास्थ्य सेवामा अवरोध र मनोवैज्ञानिक हिंसा आउँछन्।”

उहाँका अनुसार स्वास्थ्यकर्मी र बिरामीहरूको अपहरण, गिरफ्तारी वा थुनासम्बन्धी ४४ वटा घटना रिपोर्ट भएका छन्, जसबाट १४८ जना प्रभावित भएका छन्।

आक्रमणको दीर्घकालीन प्रभाव

“जब कुनै अस्पतालमा आक्रमण हुन्छ, त्यसको प्रभाव त्यो दिन अस्पतालभित्र रहेका व्यक्तिहरूमा मात्रै सीमित हुँदैन,” मुसानीले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो भोलि उपचार पाउन नसक्ने बिरामी, अर्को स्थानमा जान नसक्ने एम्बुलेन्स, काममा फर्कन नसक्ने स्वास्थ्यकर्मी वा अन्य सुविधाहरूसम्म पुग्न नसक्ने औषधि आपूर्तिमा पनि पर्छ।”

“गाजा क्षेत्रका सबै ३६ वटा अस्पताल सन् २०२५ को अन्त्यसम्म क्षतिग्रस्त भएका थिए,” उहाँले भन्नुभयो ।

सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण स्तरको आक्रमण सुरु भएयता डब्ल्यूएचओले तीन हजारभन्दा बढी आक्रमण प्रमाणित गरेको छ । गत हप्ता दिनिप्रोस्थित डब्ल्यूएचओको गोदाममाथि आक्रमण भई गोदाममा क्षति भएको थियो।

“हामी युक्रेनमा आक्रमणको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिरहेका र प्रमाणित गरिरहेका छौँ”, मुसानीले भन्नुभयो, “यसले स्वास्थ्य सुविधाहरूमा आपूर्ति पु¥याउने हाम्रो क्षमतालाई स्पष्ट रूपमा असर गरिरहेको छ।”

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा घातक इबोला प्रकोप घोषणा भएयता स्वास्थ्य सेवामाथि १२ वटा आक्रमण प्रमाणित भएका छन्।

“यी घटनाहरूले निगरानी, घटनाको अनुसन्धान, सम्पर्क खोज, उपचार र समुदायसँगको संलग्नतालाई बाधा पु¥याएका छन्, जसले आक्रमणले स्वास्थ्य सेवा मात्रै होइन, प्रकोप पत्ता लगाउने र नियन्त्रण गर्ने क्षमतालाई पनि कमजोर बनाउन सक्ने देखाउँछ,” मुसानीले भन्नुभयो । (रासस/एएफपी)