२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा



तस्बिर : गोपाल दाहाल/ रासस
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताउनु भयो ।

नेपाली काँग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उहाँको भनाइ छ ।

देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपु¥याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभयो । उहाँले राजनीतिक परिवर्तन र पुर्खाहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्याउन आग्रह पनि गर्नुभयो ।

उहाँले इतिहासबाट पाठ सिकेर मुलुकको राजनीतिक गन्तव्य तय गर्न सकेमात्र सही बाटो पहिल्याउन सकिने बताउनु भयो । उहाँले विगतमा केही पनि नभएको र सबै खराब भयो भन्ने भाष्यमा समाजमा फैल्याउन लागिएको भन्दै यसले मुलुकलाई झन कमजोर बनाउने बतानउनु भयो ।

उहाँले भन्नुभयो,‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले लिनुपर्दछ । नेपाली काँग्रेसले विगतमा के गर्यो भन्ने कुराको जवाफ खोज्न २००७ साल अघिको राणाकालीन अवस्था, त्यो बेलाको गरिबी र पछिको निरङ्कुश निर्दलीय व्यवस्था, त्यो बेला नेपाली काँग्रेसले जनअधिकारको पक्षमा गरेको काम सबैले बुझ्न आवश्यक छ । हाम्रा अग्रजहरुले ज्यानको आहुति दिएर, बलिदानपूर्ण संघर्ष गरेर र अनेक दुःख, कष्ट गरेर मुलुक अहिलेको अवस्थामा आएको हो । हामीले हाम्रो इतिहास बिर्सिने हो भने हाम्रो गन्तव्यमा पुग्न सक्दैनौँ । इतिहासबाट पाठ सिकेर गन्तव्य तय गर्न सकेमात्रै सही बाटो पहिल्याउन सकिन्छ । विगतका कठिन राजनीतिक परिवर्तनका कथाहरु खसमाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरुले पुर्याएको योगदानको राजनीतिक इतिहास टोल टोलमा पुर्याउन अनुरोध गर्न चाहान्छु । विगतमा केही पनि भएको थिएन, जे भयो सब खराब भयो भन्ने भाष्य  समाजमा फैल्याउने हो भने मुलुक झनझन कमजोर हुँदै जानेछ । मुलुको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली काँग्रेसको काँधमा आएको छ ।’

उहाँले मुलुकको इतिहासमा गर्व गर्ने वातावरण बनाउने जिम्मेवारी पनि नेपाली काँग्रेसकै काँधमा आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल