२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता



अ+ अ-

काठमाडौँ। नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबीच दूध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

दुग्ध विकास संस्थान लैनचौरमा आज भएको उक्त सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले १५ हजार दूध दैनिक डिडिसीलाई उपलब्ध गराउने भएको हो ।

सम्झौताअनुसार आगामी दिनमा दैनिक ६० लिटर दूध डिडिसीलाई साझेदार संस्था एवं सदस्य किसानले डिडिसीलाई प्रदान गर्ने उल्लेख छ । डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि दूध लिएर तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने तथा दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापछि संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरूले गरेको योगदान प्रति प्रशंसा गर्दै यस सञ्जालसँग जोडिएर डिडिसीले काम गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले दुग्ध सङ्कलन र बजारीकरण मात्र नभई पशुपालन तथा दुग्ध उत्पादनको बहुआयमिक क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो ।

डिडिसीमा विगतदेखिका भुक्तानीलगायतका समस्याहरू अब नदोहोरीने भन्दै महाप्रवन्धक पाण्डेले नियमित भुक्तानीको ग्यारेन्टी गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै उहाँले यस सम्झौताले यी सबै बाटो खुलेको बताउनुभयो । किसानको जीवनस्तर सुधारसँगै आर्थिक सामाजिक रूपान्तरणमा सुधार ल्याउन सके समग्र अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो ।

यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउने, उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षहरूदेखीनै आफूहरूले साथ सहयोग दिँदै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताउनुभयो ।

अध्यक्ष पाठकले प्रधानमन्त्री वालेन्द्र शाहको समेत प्राथमिकतामा परेको डिडिसीलाई माथि उठाउन किसानतहबाटै सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दूधमा देशलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । डिडिसीप्रतिको विगतको धारणा बदल्दै सुधारको सुरुआत भइसकेको प्रष्ट देखिसकिएको उहाँले अब नयाँ पहलमा दुग्ध उत्पादक किसानहरू ढुक्क भएर यस अभियानमा जोडिन आग्रह गर्नुभयो । उहाँले कहीँकतै कुनै कमीकमजोरी भएको देखे तत्काल सुधारका लागि सुझाव दिन सबैलाई अनुरोध गर्नुभयो ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौता नेपाली दुग्ध उत्पादक किसानका लागि एैतिहासिक दिन भएको उल्लेख गर्नुभयो ।

उहाँले सबै किसानको जीवनमा आर्थिक रूपमा सवलता ल्याई मुहारमा खुसी थप्दै जान यस सम्झौताबाट सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।

अहिले केन्द्रीय सङ्घको सञ्जालमा रहेका संस्थाहरूले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले उत्पादनलाई बढावा दिँदै जाने विषयमा समेत यस सम्झौताले प्रेरणा थप्ने बताउनुभयो ।

अहिले तत्कालका लागि १५ हजार लिटर दूध डिडिसीलाई दिने सम्झौता भएको भन्दै अध्यक्ष उप्रेतीले दूध बेचेको पैसा समयमै प्राप्त गर्ने सुनिश्चितता हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रूपाखेती, डिडिसीका उपमहाप्रबन्धकलगायतको उपस्थिति रहेको थियो । रासस




भर्खरै