२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्षम र इमान्दार कानून व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैनः प्रधानन्यायाधीश शर्मा



अ+ अ-

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम, इमान्दार, दक्ष र नैतिक मूल्यप्रति प्रतिवद्ध कानून व्यवसायी आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार नेपाल कानून व्यवसायी परिषद्को ३३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

इमान्दार, व्यवसायिक रूपमा दक्ष र नैतिक मूल्यप्रति प्रतिवद्ध कानून व्यवसायी बिना न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले नेपाल कानून व्यवसायी परिषद् कानून व्यवसायीको नियमन गर्ने अभिभावकीय संस्था भएको उल्लेख गर्दै कानून व्यवसायीको गुणस्तरीयता, नैतिकता र व्यावसायिक अनुशासन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश शर्माले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका अदालती प्रक्रियामा कानून व्यवसायीको प्रत्यक्ष संलग्नता अपरिहार्य हुने उल्लेख गर्दै विधिको शासन, न्याय प्रणालीप्रतिको जनआस्था र न्यायिक मर्यादा संरक्षणमा कानुन व्यवसायीको महत्वपूर्ण भूमिका हुने समेत बताउनु भयो ।

कानून व्यवसायी मुद्दाका पक्षको प्रतिनिधिमात्र नभई सिद्धान्तका लागि लड्ने योद्धा तथा ‘अफिसर अफ द कोर्ट’ भएको उहाँको भनाइ छ ।

उहाँले बदलिँदो परिवेशमा न्याय क्षेत्रमा प्रविधिको प्रयोग, डिजिटल अभिलेखीकरण, गुणस्तरीय कानुनी शिक्षा र व्यावसायिक दक्षता अभिवृद्धि आवश्यक रहेको समेत बताउनु भयो । परिषद्, बार र न्यायपालिकाबीच सहकार्यका नयाँ आयाम विकास गरी न्यायमा पहुँच, न्यायिक सेवा प्रवाहको गुणस्तर र जनविश्वास सुदृढ गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘ नेपाल कानुन व्यवसायी परिषद् कानून व्यवसायीको नियमन गर्ने संस्था भएकोले यो कानून व्यवसायीको गुणस्तरीयता, नैतिकता, व्यवसायिक अनुशासन सुनिश्चित गर्ने सामाजिक उत्तरदायी बोकेको अभिभावकीय संस्था हो । सक्षम, इमान्दार, व्यवसायिक रूपमा दक्ष र नैतिक मूल्यप्रति प्रतिवद्ध कानून व्यवसायी बिना न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न सक्दैन । साथै न्यायालय, कानुन व्यवसायी परिषद्, कानुन व्यवसायीहरू र न्याय प्रशासनका अन्य सरोकारवालाबीचको सार्थक सहकार्य न्याय सम्पादनको महत्वपूर्ण आधार स्तम्भ हो भन्ने मेरो विश्वास रहेको छ । मुद्दा दर्तादेखि फैसला कार्यान्वयन सम्मका अदालती काम कारबाहीमा प्रत्येक चरणमा कानुन व्यवसायीको प्रत्यक्ष संलग्नता अपरिहार्य छ । कानुन व्यवसायी एक पेशा मात्र नभएर व्यक्तिको न्यायप्रतिको चाहना र न्यायप्रतिको विश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको सार्वजनिक जिम्मेवारी समेत हो । विधिको शासन, न्याय प्रणालीप्रतिको जनआस्था र न्यायिक मर्यादाको संरक्षण कानून व्यवसायीहरूको अहम भूमिका रहन्छ । त्यसैले मैले भन्ने गरेको छु, कानुन व्यवसायीहरू मुद्दाको पक्षको प्रतिनिधित्व मात्र नभएर सिद्धान्तको लागि लड्ने योद्धा हुन् । कानुन व्यवसायी न्यायका अधिकृत र अफिसर अफ द कोर्ट हुन् । आजको बदलिँदो परिवेशमा न्याय क्षेत्रमा प्रविधिको प्रयोग, डिजिटल अभिलेखीकरण, गुणस्तरीय कानुनी शिक्षा, व्यवसायिक दक्षता अभिवृद्धि अपरिहार्य बनेको छ । परिषद्, बार र न्यायपालिकाको बीच सहकार्यका नयाँ आयामहरू विकास गर्दै न्यायमा पहुँच, न्यायिक सेवा प्रवाहको गुणस्तर र जनविश्वासलाई थप सुदृढ बनाउनु हाम्रो साझा दायित्व समेत रहेको छ । नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष, सक्षम र जनउत्तरदायी न्यायपालिकाको लक्ष्य प्राप्तिमा कानुन व्यवसायीको भुमिका समेत अनिवार्य रहेको छ । न्यायिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र विधिको शासनप्रतिको प्रतिवद्धतालाई व्यवहारमा उतार्न हामी सबैले निरन्तर आत्म अनुशासन र संस्थागत सुधारको मार्ग अवलम्बन गर्न आवश्यक रहेको मैले अनुभूति गरेको छु ।’

संविधानले परिकल्पना गरेको स्वतन्त्र र जनउत्तरदायी न्यायपालिका निर्माणका लागि न्यायिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र विधिको शासनप्रतिको प्रतिवद्धतालाई व्यवहारमा उतार्न निरन्तरको आत्ममूल्याङ्कन आवश्यक रहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल




भर्खरै