काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका नियमित कामकारबाही र विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ।
बैठकले केही महत्वपूर्ण निर्णयसमेत गर्न सक्ने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउनेछ।










