• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला ★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी



फाईल फोटो

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ ।
 
महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।
 
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर भइरहेको छ । महाअभियान सुरु भएपछि वाग्मतीका विभिन्न खण्डका साथै रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, लतिलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियानको प्रेरणाले यी सफाइ अभियान सुरु भएका हुन् । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी एवं सांस्कृतिक सम्पदास्थलमा पनि वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सफाइ भइरहेको छ । नागरिकस्तरबाट सुरु भएको यो अभियानलाई स्थानीय सरकारले भने महत्व नदिएको भन्दै अभियानकर्मीले आलोचना गर्ने गरेका छन् । रासस