• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताबीच छलफल हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस शीर्ष तहका नेताहरुबीच छलफल हुने भएको छ। छलफल आइतबार साँझ प्रधानमन्त्री ओली निवासमा बैठक हुने स्रोतको दावि रहेको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस शीर्ष तहका नेताहरुबीच समसामयिक तथा विवादित नागरिकताका विधेयकका विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी गराएका छन्।

पछिलो समय नेपाली नागरिकसँग विवाह गरी नेपाल भित्रिएकी महिलाका सन्दर्भमा अंगीकृत नागरिकताको प्रावधानमा दलबीच सहमति हुन सकेको छैन। नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने कांग्रेसले माग राख्दै आएको छ। यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम रहेको बताइएको छ।

विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी कागजी प्रक्रिया पुगेका समयको सीमा तोक्न नहुने कांग्रेसको अडान रहेको छ। संसदको राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट उक्त विषय टुंगाउने बताइएको छ।