२४ श्रावण २०८३, आईतवार
,
Latest
सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल



अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आदिवासी जनजाति र उनीहरूको ज्ञानलाई केवल इतिहास वा सङ्ग्रहालयको विषय मात्र नबनाई समुदाय विकासको जीवित आधार बनाउनुपर्ने बताउनु भयो । पहिचान र भाषाको सम्बन्धबारे चर्चा गर्दै उहाँले नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गर्नुभयो । ‘भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ’ भन्ने मान्यतालाई स्मरण गर्दै उहाँले नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्नुपर्ने चुनौती र दायित्वबारे सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘आदिवासी जनजातिको परम्परागत ज्ञान शहर निर्माण, सिँचाइ, संस्कृति संरक्षण र जलवायु परिवर्तन जस्ता क्षेत्रमा अत्यन्तै उपयोगी छ । हाम्रा पूर्खाहरूले हामीलाई जमिन मात्र होइन, एउटा वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन् । हाम्रा चाडपर्व, खानपान र संस्कारहरू वैज्ञानिक तथ्यमा आधारित छन्, जसको उजागर र संरक्षण गर्नु अहिलेको आवश्यकता हो । आफ्नो लवज (टोन) र पहिचानमा हीनताबोध होइन, गर्व गर्नुपर्छ । हामीले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमा मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यासलाई तिब्रता दिनुपर्छ ।’

आधुनिकताका नाममा मातृभाषा बोल्न हिचकिचाउने प्रवृत्तिको आलोचना गर्नुभयो । कार्यवाहक प्रमुख डंगोलले अधिकारका कुरा गरिरहँदा आफ्नो संस्कृति र भाषाको पुस्तान्तरण गर्ने कर्तव्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । –