२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाउनु भयो । उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गर्नुभयो ।

उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनु भयो । सभापति थापले अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरुले हप्किदप्कि दिने गरेको कुराहरु बाहिर आइरहेको भन्दै यसले मुलुकलाई ठिक दिशातिर जैजान नसक्ने बताउनु भयो । वर्तमान सरकार बरालिएर हिँडेको उहाँको आरोप छ ।

सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम काँग्रेसको भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल