२२ श्रावण २०८३, शुक्रबार
,
Latest
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं



अ+ अ-

काठमाडाैँ । दुबईको प्रसिद्ध सुगन्धित वस्तु उत्पादक ब्राण्ड ‘जमजम पफ्र्युम्स’ ले नेपालमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा शनिवारदेखि उक्त आउटलेटको औपचारिक शुभारम्भ हुन लागेको हो । शुक्रवार आयोजित एक कार्यक्रमका बीच कम्पनीले आफ्नो नेपाल विस्तारबारे जानकारी दिएको छ ।

आउटलेटको उद्घाटन सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ बाट हुनेछ । सोही प्रयोजनका लागि जमजम ब्रदर्स शुक्रवार नै काठमाडौं आइपुग्नुभएको छ । नेपालमा जमजम पफ्र्युम्स नेपाल प्रा.लि.ले यस ब्राण्डलाई आधिकारिक रूपमा भित्र्याएको हो । जमजम पफ्र्युम्सको आधिकारिक प्रवेशसँगै नेपाली उपभोक्ताले दुबईको मौलिक एवं विलासी सुगन्धित उत्पादनहरू (लक्जरी फ्राग्रेन्स) अब आधिकारिक स्टोर तथा अनलाइनमार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।

नेपाली बजारमा विश्वसनीय, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । विश्वभर तिब्र रूपमा बजार विस्तार गरिरहेको जमजम पफ्र्युम्सले हालसम्म साउदी अरब, पाकिस्तान, कुवेत र ओमान गरी चार देशमा २४ वटा शाखाहरू सञ्चालनमा ल्याइसकेको छ । नेपालमा खुल्न लागेको यो आउटलेट कम्पनीको २५ औं शाखा हो । कम्पनीले निकट भविष्यमा कतार, संयुक्त अधिराज्य (यूके), संयुक्त राज्य अमेरिका, स्पेन र मलेसियामा समेत आफ्ना शाखाहरू विस्तार गर्ने तयारी गरेको छ




भर्खरै