२२ श्रावण २०८३, शुक्रबार
,
Latest
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर… सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले सहकारीपीडितको बचत रकम तत्काल फिर्ता गर्न पनि माग गर्नुभयो । उहाँले सहकारी वचत रकम अपचलनमा संलग्न व्यक्तिको जायजेथाबाट रकम असुल गरी पीडित बचत फिर्ता गर्नुपर्ने बताउनु भयो ।

उहाँले सहकारी पीडितले फेरि पनि काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारलाई सचेत गराउनु भयो । अध्यग राई जनकपुरमा आफूहरू जाँदा श्रमदातामाथि कुटपिट तथा दुव्र्यवहार भएको दाबी गर्नुभयो ।

उहाँले खाना पकाउने एलपी ग्यासको अभाव रहेको उल्लेख गर्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल