२२ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई अध्यक्ष राईको ध्यानाकर्षण खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतिहरुको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन् ।

राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा डा कोइरालाले मुलूकको वर्तमान राजनीतिक परिस्थितीमा पार्टीको सम्पूर्ण एकता सहित भावी कार्य दिशा तय गर्न श्रावण २९–३१ गतेसम्म काठमाण्डौमा आयोजना गरिएको राष्ट्रिय भेला नरोकिने पनि स्पष्ट पारे । उनले सो भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने उल्लेख गरेका छन् ।

डा कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी मुद्दामा सर्वाेच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्दै पुनरावलोकनबाट आफूहरूले न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको बताएका छन् ।