• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?

मेलम्ची खानेपानी आयोजना: ६ महिनामा पानी काठमाडौं झारे ठेकेदारलाई १०% बोनस



काठमाडौ । सरकारले मेलम्चीको पानी साढे ६ महिनामा काठमाडौंमा झारे ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने गरी सम्झौता गर्दै छ । चाँडो पानी ल्याउन मेलम्ची खानेपानी विकास समितिले आयोजनाको हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग बोनस सम्झौता गर्न लागेको हो ।

सरकारी घोषणालाई पूरा गर्न समितिले ठेकेदार कम्पनीलाई बोनस दिने गरी सम्झौता गर्न लागेको आयोजना प्रमुख सूर्यराज कँडेलले बताए । चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा सरकारको नीति तथा कार्यक्रममै छ । ‘चाँडोभन्दा चाँडो पानी काठमाडौं ल्याउन हामीले बोनससहितको सम्झौता गर्न लागेका हौँ,’ कँडेलले भने, ‘पानी ल्याउन सिनो हाइड्रोलाई १० महिना समय दिइएको छ । तर, साढे ६ महिनामा पानी ल्याए १०५ बोनस पाउँछ ।’

सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ७५ करोडमा लिएको हो । साढे ६ महिनामा पानी ल्याए यो ठेक्काबाट उसले १० प्रतिशत अर्थात् साढे सात करोड बोनस प्राप्त गर्नेछ । त्यस्तै, ९० करोडमा ठेक्का लिएको हेडवक्र्सको कामबाट नौ करोड बोनसबापत पाउने मेलम्ची खानेपानीले जनाएको छ ।

एक साताभित्रै सम्झौता
सिनो हाइड्रोसँग आयोजनाको ठेक्का सम्झौता एक साताभित्रै हुने समितिले जनाएको छ । ‘हामीले पानी ल्याउने र पूरै काम सक्ने गरी कामलाई दुई फेजमा बाँडेका छौँ,’ कँडेलले भने, ‘पानी ल्याउने कुरामा हेडवक्र्सले कुनै असर गर्दैन । पानी ल्याउने र हेडवक्र्सको काम पनि गरिरहने हो । सुरुङका केही काम पनि पछि गर्न मिल्छ ।’

समितिका अनुसार सुरुङ फिनिसिङको काम चार सय मिटर र ढलान गर्न आठ सय मिटर बाँकी रहेको समितिले जनाएको छ । हेडवक्र्सको काममा पानी डाइभर्ट गर्न मिल्ने स्ट्रक्चर बनेको र बाँकी पानी ल्याएपछि पनि गर्न मिल्नेछ । पाँच गेटमध्ये एउटा हालिसकिएको र एउटाको आधा काम भइसकेको छ ।

अब तीन गेट हाल्न बाँकी रहेको छ । विनाअवरोध काम भए साढे ६ महिनामा पानी ल्याउन असम्भव नभएको कँडेलले बताए । भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका मजदुर र आपूर्तिकर्तासँग सम्झौता भइसकेकाले काममा अवरोध हुने सम्भावना पनि कम रहेको समितिले जनाएको छ ।

२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका ८ टेन्डर भइसकेका छन् । ‘आयोजना छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीले अर्डर गरेका सामान आइसकेका छन्, हामी तिनै सामान प्रयोग गर्छौँ,’ कँडेलले भने, ‘भुक्तानी गर्न मात्रै बाँकी छ ।’ आयोजनाले दसैँअघि नै फिल्डमा काम सुरु भइसक्ने जनाएको छ ।

यांग्री र लार्कीको ठेक्का यसै वर्ष
यांग्री र लार्कीको पानी ल्याउन पनि यसै वर्ष टेन्डर हुने भएको छ । यो मेलम्ची आयोजनाकै दोस्रो चरणको काम हो । आयोजनाको लगानीकर्ता एसियाली विकास बैंकले मेलम्चीको पानी काठमाडौं नल्याई दोस्रो आयोजनामा लगानी नगर्ने सर्त राखेपछि यो वर्ष मेलम्चीको पानी ल्याउने र दोस्रो आयोजना अघि बढाउने समितिको तयारी छ ।

‘आवश्यक डिजाइनको काम भइसकेको छ । यही वर्ष टेन्डर हुने सम्भावना छ,’ कँडेलले भने, ‘दोस्रो आयोजनामा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।’ समितिका अनुसार दोस्रो आयोजनाको लागत करिब २५ अर्ब छ । समाचार नयाँ पत्रिका दैनिकबाट