२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने



अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।

मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

गठित समितिले फारम सरलीकरणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ । मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयं आफैँले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो ।

समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरू कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ । रासस