२० श्रावण २०८३, बुधबार
,
Latest
१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले जनविश्वास गुमाउँदै गएको आरोप लगाएको छ। विदेश नीति, सुकुम्बासी व्यवस्थापन, निजी क्षेत्रप्रतिको व्यवहार, एलपिजी ग्यास आपूर्ति तथा अर्थतन्त्रलगायतका क्षेत्रमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले सरकारले नागरिकका आधारभूत समस्याको समाधान गर्न नसकेको, जसका कारण सरकारप्रतिको जनविश्वास निरन्तर खस्किँदै गएको बताउनुभयो।

उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनमा सरकार पूर्णतः असफल भएको आरोप लगाउँदै वास्तविक भूमिहीनलाई न्याय दिलाउने र सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभयो।

चालिसेले चुनावअघि लालपुर्जाको आश्वासन दिने, त्यसपछि आयोग गठनको नाममा समय बिताउने र अन्ततः डोजर चलाउने शैलीले सरकार नागरिकप्रति अनुत्तरदायी बनेको टिप्पणी गर्नुभयो। अस्थायी आयोग, अस्थायी परिचयपत्र र अस्थायी आश्वासनले स्थायी समाधान नदिने भन्दै उहाँले अहिले पनि वास्तविक भूमिहीनले न्याय नपाएको र सार्वजनिक जग्गा समेत सुरक्षित नरहेको दाबी गर्नुभयो।

उहाँले सरकारले निजी क्षेत्रप्रति अवलम्बन गरेको व्यवहारले लगानीको वातावरण बिगारेको आरोप पनि लगाउनुभयो। पर्याप्त प्रमाणबिना व्यावसायिक प्रतिष्ठानमा छापा मार्ने, सार्वजनिक रूपमा आरोप लगाउने तथा मन्त्रीहरूबाटै धम्कीपूर्ण अभिव्यक्ति आउने प्रवृत्तिले स्वदेशी तथा विदेशी लगानी निरुत्साहित भएको उहाँको भनाइ थियो। अहिले मुलुक कमजोर लगानी, बढ्दो बेरोजगारी र आर्थिक मन्दीसँग जुधिरहेको अवस्थामा सरकारका यस्ता गतिविधिले अर्थतन्त्रमा थप नकारात्मक असर पार्ने उहाँले चेतावनी दिनुभयो।

प्रवक्ता चालिसेले राष्ट्रको अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले संसदजस्तो संवेदनशील मञ्चमा बोल्दा आवश्यक संयम र परिपक्वता देखाउन नसकेको आरोप पनि लगाउनुभयो। प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत र क्षमायोग्य नरहेको उहाँको टिप्पणी थियो।

त्यस्तै, विदेशमा दूत वा प्रतिनिधि पठाउने प्रक्रियामा सरकारले आवश्यक प्रोटोकल, पारदर्शिता र जवाफदेहिताको पालना गर्न नसकेको आरोप लगाउँदै कांग्रेसले विदेश नीतिमा पनि सरकार चुकेको दाबी गरेको छ।

एलपिजी ग्यासको आपूर्तिका विषयमा बोल्दै चालिसेले आपूर्ति व्यवस्थापन, भण्डारण क्षमता र वितरण प्रणाली प्रभावकारी बनाउन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको बताउनुभयो।

उहाँले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका सबै विषयमा सरकारले गम्भीर ध्यान दिई तत्काल प्रभावकारी समाधानका लागि तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो।