• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इजरायलमा चुनाव, नेतान्याहुकाे भाग्यकाे फैसला




जेरुसलेम – इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।


इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा हुनुहुन्छ । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा हुनुहुन्छ, तर चुनावी मत सर्वेक्षणले उहाँको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।


यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।


दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ ।


यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो । उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो । साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोक्नु भएको थियो ।


चुनावी मत सर्वेक्षणमा नतिजामा खासै फेरबदल हुने सम्भावना देखिएको छैन, र लिबरम्यान फेरि पनि सरकार गठनमा मुख्य व्यक्तिका रुपमा देखिँदै छन् ।


चुनावका लागि मतदान केन्द्रहरु खुला भइसकेका छन् । चुनावको मतगणना स्थानीय समय अनुसार रातभरमा सार्वजनिक भइसक्ने छ ।
––