• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

विवेकशीलमा अध्यक्षमा उम्मेदवारी नदिने थापाको घोषणा, नयाँ नेतृत्वको सम्भावित उम्मेदवार को ?



काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेसंगै अध्यक्षमा नयाँ नेतृत्वको सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

पविवेकशिल नेपाली दलमा अध्यक्ष थापाले अध्यक्ष नहुने घोषणा गरेपछि पार्टीमा सबभन्दा बलियो दाबेदारका रुपमा रञ्जु दर्शना देखिएपनि उनले भने आफू छलफलमा रहेको भन्दै अहिले नै उम्मेदवारी दिने नदिने टुंगो लागिनसकेको बताइन् ।

यस्तै वर्तमान महासचिव गोविन्द नारायणका साथै मिलन पाण्डेलाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

नेताहरुका अनुसार नो भोटको व्यवस्था भएकाले एक जना मात्र उम्मेदवार भएपछि चुनाव हुनेछ । राष्ट्रिय सम्मेलनमा एक हजार बढी मतदान हुने विवेकशील नेपाली दलले जनाएको छ ।
विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन आगामी कात्तिक १ र २ गते हुँदैछ ।