• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीमाथि बालेनको आक्रोश: गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

व्यक्तिगत लगानीमा दुई पुल निर्माण



ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गर्नुभएको छ ।

पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो ।

गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको शेर्पाले बताउनुभयो । विद्यार्थीलाई विद्यालय जान आउनसमेत खोलामा आएको भेलले अवरोध गर्ने गरेकाले पुल बनाएर समस्या समाधान गरेको शेर्पाको भनाइ छ ।“गाउँमा सानासाना समस्या छन् । समाधानमा कसैको चासो देखिएन त्यसैले मैले आफौले आफ्नो गाउँको विकासका लागि सहयोग गरेको हुँ”, शेर्पाले भन्नुभयो,“खोलामा आउने बाढीमा परेर कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् भनेर पुल बनाईदिएँ । अठ्यारो थियो आसपासको बाटो त्यो पनि मर्मत गर्न खर्च पठाएँ स्थानीय साथीहरुले काम गर्नुभयो ।” शेर्पाले पुल निर्माण र बाटो मर्मतका लागि रु दुई लाख ५० हजारभन्दा बढी रकम खर्च गर्नुभएको छ ।

खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रअ राजेन्द्र सुनुवारले बताउनुभयो । थामथोले आधारभूत विद्यालयका स्पोन्सरसमेत रहेका शेर्पाको पहलमा खोलामा पुल बनेपछि थामथोले आवि, फूलमती माविसहितका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र गाउँपालिकाको केन्द्र आवतजावत गर्ने स्थानीयवासीलाई सजिलो भएको प्रअ सुनुवारको भनाइ छ । समाजसेवी शेर्पाले विगतदेखि नै गाउँमा विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ ।