१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग
अ अ+ अ-

काठमाडौं । बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न जोड समेत दिइएको छ । ‘गल्र्स नट ब्रिड्स नेपाल’ नामक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारको सो ध्यानाकर्षण गराइएको हो ।

नेपाल बालविवाहको दर उच्च रहेको मुलुकभित्र पर्दछ । दक्षिण एशियामा बङ्गलादेशपछि नेपाल बालविवाह हुनेमा दोस्रो स्थानमा रहेको छ । सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार १८ वर्ष नपुग्दै विवाह हुने ३९ प्रतिशत रहेको छ । मुलुकी अपराध संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ । संविधानमा बालविवाहलाई बाल अधिकार हनन र दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ तर नेपालमा बालविवाह नरोकिएको आयोजक सस्थाले जनाएको छ । संयुक्त राष्ट्रसंघको सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न साधारणसभाले दिगो विकास लक्ष्य पारित गरेको थियो ।

शिक्षा, स्वास्थ्यलगायत विभिन्न १७ वटा लक्ष्यअन्तर्गत बालविवाह अन्त्यलाई विशेष जोड दिएको छ । सो लक्ष्यको ५।३ मा ‘बालविवाह, कम उमेरको विवाह, जवरजस्ती विवाह र महिलाको योनी छेदनजस्ता गलत र हानिकारक अभ्यासलाई विश्वबाट निर्मूल गर्ने’ उल्लेख गरिएको छ ।

आयोजक सस्थाका महासचिव आनन्द तामाङले दिगो विकास लक्ष्य हासिल गर्न सरकारले लगानी बढाउन र भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले अगामी शिखर सम्मेलनमा नेपालले बालविवाह अन्त्यसम्बन्धी विषयलाई जोडदार रुपमा उठान गर्न आग्रह गर्दै बालविवाह अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

शिखर सम्मेलनमा नेपालले सो विषयलाई उठान गर्दा बालविवाह अन्त्य गर्न थप लगानी जुट्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बालविवाह अन्त्य गर्ने नीतिगत र कानूनी व्यवस्था भए पनि व्यवहारिक रुपमा नेपालमा बालविवाहको समस्या बढ्दो रहेको छ ।