२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीले भोली छुट्टै हाजिरी गर्नुपर्ने



अ+ अ-

काठमाडौं । संविधान दिवसका दिन सरकारी कर्मचारीहरुले छुट्टै हाजिरी गर्नुपर्ने भएको छ।

असोज ३ गते गृह मन्त्रालयले संविधान दिवस मनाउन उपस्थित हुने सबै सरकारी कर्मचारीहरुको हाजिरी गरी मन्त्रालयमा पठाउन सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो।

संविधान दिवस मनाउन आयोजना गरिएका प्रभातफेरी, कार्यालय सरसफाईजस्ता अनौपचारिक कार्यक्रमका अतिरिक्ति विभिन्न औपचारिक कार्यक्रममा सरकारी कर्मचारी सहभागी भए हाजिरी गर्नुपर्नेछ।

गृह मन्त्रालयको निर्देशनपछि कर्मचारीहरुले नियमित हाजिरीका अतिरिक्त छुट्टै हाजिरी गर्नुपर्नेछ। मन्त्रालयले सरकारी कार्यालयहरुलाई निर्देशन दिएपछि सरकारी कार्यालयहरुले पनि कर्मचारीलाई छुट्टै हाजिरी गर्न सुचित गराएका छन्।