१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीले भोली छुट्टै हाजिरी गर्नुपर्ने



अ+ अ-

काठमाडौं । संविधान दिवसका दिन सरकारी कर्मचारीहरुले छुट्टै हाजिरी गर्नुपर्ने भएको छ।

असोज ३ गते गृह मन्त्रालयले संविधान दिवस मनाउन उपस्थित हुने सबै सरकारी कर्मचारीहरुको हाजिरी गरी मन्त्रालयमा पठाउन सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो।

संविधान दिवस मनाउन आयोजना गरिएका प्रभातफेरी, कार्यालय सरसफाईजस्ता अनौपचारिक कार्यक्रमका अतिरिक्ति विभिन्न औपचारिक कार्यक्रममा सरकारी कर्मचारी सहभागी भए हाजिरी गर्नुपर्नेछ।

गृह मन्त्रालयको निर्देशनपछि कर्मचारीहरुले नियमित हाजिरीका अतिरिक्त छुट्टै हाजिरी गर्नुपर्नेछ। मन्त्रालयले सरकारी कार्यालयहरुलाई निर्देशन दिएपछि सरकारी कार्यालयहरुले पनि कर्मचारीलाई छुट्टै हाजिरी गर्न सुचित गराएका छन्।