१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

दुई वडा कार्यालयमा तालाबन्दी

दुई वडा कार्यालयमा तालाबन्दी
अ अ+ अ-

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं.४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताउनुभयो ।

गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनुभयो । सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । सङ्घर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताउनुभयो ।

यस्तै बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ । गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न विज्ञ टोली बोलाउन रु १२ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

सामाजिक, भौगोलिक र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । उहाँले भन्नुभयो, “भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनौट हुन्छ । ” टोलीको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रवारे निर्णयले गर्ने पनि अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

राज्य पुनःसंरचना हुँदा सविकको डिलाशैनी गाविस ९हालको वडा नं ७० मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो । गएको १ वर्षदेखि तोकिएको केन्द्र भन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ । गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि वडा नं ३ पसेराबाट कामकाज भइरहेको छ ।