१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट समाजबादी पार्टी बाहिरीने , बाबुरामले गरे यस्तो खुलासा !



अ+ अ-

काठमाडौँ । समाजवादी पार्टी नेपाल दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने भएको छ । राजधानीमा पत्रकारसंग कुराकानी गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले सो कुराको खुलासा गरेका हुन् ।

‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने ।

उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।

उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए । भने, ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौँ ।’