• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध ★   भारी बर्षाको कारण विराटनगरमा ५ सय बढी घर डुबानमा ★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो

अर्जुन दास हत्या प्रकरणः श्रीमतीलाई अडियो पठाउने युवकलाई प्रहरीले पक्राउ गर्यो



धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि एक युवक पक्राउ परेका छन् । 

हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।

शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए ।

दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुगेकी थिइन् ।

आक्रोशित स्थानीय वासिन्दाले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै आइतबार शव उठाउन मानेका थिएनन् ।

स्थानीय जनप्रतिनिधिहरुको अगुवाइमा गरिएको छलफलका क्रममा प्रहरीले दोषीलाई शीघ्र पक्राउ गरेर कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि सोमबार पीडित पक्ष शव उठाउन सहमत भएको छ ।

हत्या भएका दासको न्यायका लागि भन्दै स्थानीय वासिन्दा र आफन्तले ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । सो समितिले दोषीलाई कानूनबमोजिम कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।