१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनको मुद्दा मिलाइदिन्छु भन्दै पैसा माग्ने वन अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं । वनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घूस लिने सव डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पक्राउ परेका छन् । सहायक वन अधिकृत पर्शुराम चौधरीलाई ६५ हजार घूससहित अख्तियारको टोलीले पक्राउ गरेको हो।

चौधरीसँगै वन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चौधरी र चौहान दुवै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।