१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिभिआइपी हेलिकोप्टर काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । सरकारले १ अर्ब ४० करोड रुपैयाँमा अति विशिष्ट व्यक्ति (भिभिआइपी) का लागि भन्दै खरिद गरेको हेलिकोप्टर काठमाडौं आइपुगेको छ।

इटालीबाट खरिद गरिएको ८ सिट क्षमता भएको उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल टावर कन्ट्रोल रुमका प्रमुख सीताराम भण्डारीले बताए।

नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुनेछ।

यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भए पनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणको रहनेछ। यो हेलिकोप्टर सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति लिनुपर्नेछ।