१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई



अ+ अ-

काठमाण्डौ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतले पाउने भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिएका छन् । पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउनु भएको छ ।

सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा पुर्‍याएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा। रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मोडल मानिन्छ ।