१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम
अ अ+ अ-

दमौली । ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो ।

विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायत ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य हुने गरेका थिए । ज्येष्ठ नागरिकको अवस्था देखेर आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको समूहका उपाध्यक्ष विष्णु गौतमले जानकारी दिए

“दिउँसो ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस ग¥यौँ, उहाँहरु अन्यत्र गई दिन कटाउन थाल्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ ।” गौतमका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । “अब ज्येष्ठ नागरिकलाई दिन कटाउन अन्यत्र जानु पर्दैन, आधारभूत सुविधासहितको आश्रम निर्माण गरेका छौँ”, गौतमले भने ।

यहाँका ज्येष्ठ नागरिकले एक्लोपन महसुस गरेर विगतमा आत्महत्यासम्म गरेको घटना छ । “एक्लोपन महसुस हुँदा विगतमा ज्येष्ठ नागरिकले आत्महत्या गरेको तीतो घटना हामीमाझ छ”, गौतमले भने, “त्यही कारण पनि आश्रम सञ्चालन गर्ने सोच बनायौँ ।” सङ्कृतन समूहले २०७२ सालदेखि कृष्णाष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट दुई तले आश्रम निर्माण गरिएको समूहका सचिव शरण खनालले जानकारी दिए । भवन बनाउँदा रु ३५ लाख खर्च भएको छ ।

दिवाकालीन आश्रममा ज्येष्ठ नागरिकलाई भुलाइराख्ने वातावरण सिर्जना गर्न भजनकीर्तन र टेलिभिजनको व्यवस्था गरिनेछ । साथै सोही ठाउँमा नै उद्यान निर्माण गर्ने लक्ष्य छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आश्रम बनाउन रु आठ लाख सहयोग गरेको बताए ।