५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसमा प्रभातफेरी



अ+ अ-

भद्रपुर । झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताए । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गरे । कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए । जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ ।