५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा मालवाहक गाडी राति मात्र चलाउन पाउने



अ+ अ-

धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो ।

सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाताए । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं जान दिने योजना बनाइएको छ । उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ ।

बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बाताए । उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ । साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउछन् ।

कार्यक्रममा देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मकुन्द मरहठ्ठालगायत उपस्थित थिए ।