काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गर्नुभएको छ ।
सभामुख आर्यालले विहिबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।











