७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रधानमन्त्रीका लागि इजरायलमा राष्ट्रपतिले परामर्श गर्ने



अ+ अ-

जेरुसेलम । इजरायलका राष्ट्रपति रेउभेन रिभ्लीनले नयाँ सरकार गठनका लागि आइतबारदेखि परामर्श गर्ने भएका छन् । नयाँ सरकार गठन गर्न कस्ले सक्छ भन्ने बारेमा उनले निर्णय गर्न परामर्श गर्न लागेको अधिकारीहरुको भनाई छ ।

राष्ट्रपति रिभ्लीनले संसदमा निर्वाचित दलहरुको बैठक आयोजना गरेका छन् । बैठकमा उनले नयाँ प्रधानमन्त्रीका लागि कस्लाई सिफारिस गर्ने भनेर दलका नेताहरुलाई सोध्ने भएका छन् । त्यसपछि मात्रै उनले नयाँ सरकार गठनका लागि सिफारिस गर्ने भएका छन् । कुल १२० सिटका लागि भएको निर्वाचनको मतगणना अहिलेसम्म ९७ प्रतिशत भइसकेको समाचारमा जनाइएको छ ।

निर्वाचनको अन्तिम परिणाम अहिलेसम्म घोषणा भएको छैन । अहिलेसम्मको मतगणना अनुसार सवैभन्दा धेरै सिट जितेको पार्टीका नेता गान्जले आफ्नो नेतृत्वमा सरकार गठनका लागि अहिलेका प्रधानमन्त्री नेतान्याहूलाई आह्वान गरेका छन् ।