७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पृथ्वीराज’मा सञ्जय दत्त खलनायक



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘पृथ्वीराज’ को घोषणा गरेका छन् । यो फिल्ममा उनी हिन्दु सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन्।

यशराज ब्यानरले निर्माण गर्ने फिल्म पृथ्वीराजको निर्देशन चन्द्रप्रकाश द्विवेदीले गर्दैछन्। फिल्मका कलाकारको नाम घोषणा हुँदा निर्माण पक्षले सञ्जय दत्तको नाम सार्वजनिक गरेको थिएन। तर, अहिले आएर यो पृथ्वीराजमा सञ्जयले खलनायकको भूमिका निर्वाह गर्ने पक्का भएको बताइएको छ।

अक्षयसँगै सञ्जयको भूमिका पनि उत्तिकै सशक्त हुने निर्माण पक्षले बताएको छ। सञ्जयले पनि यो समाचारको पुष्टि गर्दै आफू फिल्म पृथ्वीराजमा अनुबन्ध भएको बताएका छन्।

सञ्जयले आउँदै गरेको फिल्म ‘प्रस्थानम’ को प्रमोसनका क्रममा आफू पृथ्वीराजमा अनुबन्ध भएको बताए पनि कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारेमा भने केही खुलाएका छैनन्।

फिल्म पृथ्वीराजबाट मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्ने बताइएको छ।