७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ : मुख्यमन्त्री भट्ट



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री भट्टले आज यहाँ आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताउनुभयो ।

नेपालको संविधान संसारकै एक उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकारलगायत सबै दृढ भएर लाग्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीको रुपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको नेपालको संविधान– २०७२ संसारकै उत्कृष्ट संविधान रहेको भन्नुभयो ।

समारोहमा स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । मुख्य समारोहअघि बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता थियो ।