७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरमा ब’म राखेको ह ल्ला चलेपछि…



अ+ अ-

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा कसैले व’म राखिदिएको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्नेहरुलाई बाहिर निकालिएको छ ।

मन्दिर प्रागंणमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीलाई मन्दिरको चारैतिर खोजी शुरु गरेको छ । अहिलेसम्म केही फेला नपरेको स्थानीय अधिकारीहरुले बताएका छन् । मन्दिरमा शंकाष्पद समान रहेको हल्ला भएपछि मन्दिरको चारैतिर स्थानीयवासीको भीड लागेको छ

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृ त्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । वार्षिक लाखो श्रद्धालु पूजा गर्न जनकपुरधाम आउने गर्छन् । मन्दिरको प्रागंणमा अहिले प्रदेश २ सरकारले सौन्दर्यीकरणको कार्य अगाडी वढाइएको छ ।