१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड



अ+ अ-

काठमाडाैँ । फप्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउने संकल्पसहित आफ्नो कार्ययोजना प्रश्तुत गर्नुभएको छ ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना पेश गर्दै कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आयोगको स्वायत्तता र मतदाताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो । कार्कीले आफ्नो कार्ययोजनामा विशेष गरी विदेशमा रहेका नेपाली नागरिक र आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।

यसका लागि आवश्यक कानूनी परिमार्जन र प्राविधिक तयारी गरिने उहाँको प्रतिवद्धता छ । साथै, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम ‘नो भोट’ को विकल्पलाई समेत कानूनी रूप दिँदै कार्यान्वयनमा लैजाने उहाँले बताउनु भयो । निर्वाचन खर्चिलो हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै कार्कीले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन उम्मेदवारहरूको खर्च बैंकिङ प्रणालीमार्फत गराउने र लेखा परीक्षणलाई कडाइ गर्ने योजना अघि सार्नुभएको छ । हाल छरिएर रहेका निर्वाचन सम्बन्धी विभिन्न नौवटा ऐन र सातवटा नियमावलीलाई एकीकृत गरी सरल र प्रभावकारी बनाउन पहल गर्ने उहाँको योजना छ ।

प्रविधितर्फको सुधारका लागि कार्कीले अनलाइन मतदाता नामावली दर्ता, बायोमेट्रिक प्रणालीको सुदृढीकरण र सम्भव भएसम्म विद्युतीय मतदान मेसिनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सार्नुभएको छ । निर्वाचन आयोगको डाटा सेन्टरलाई सुरक्षित बनाउने र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग निर्वाचन आयोगको प्रणालीलाई एकीकृत गरी मतदाता नामावलीलाई अद्यावधिक र शुद्ध बनाउने उहाँले उल्लेख गर्नुभयो । मतदाता शिक्षाको कमीले गर्दा पछिल्लो समय मतदानको प्रतिशत घट्दै गएको र बदर मतको संख्या बढ्दै गएको प्रति सजग रहँदै कार्कीले विद्यालय पाठ्यक्रममै निर्वाचन शिक्षा समावेश गर्ने र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राख्नुभएको छ ।

राजनीतिक दलहरूको व्यवस्थापनका सन्दर्भमा उहाँले निर्वाचनमा सहभागी नहुने निष्क्रिय दलहरूलाई खारेज गर्ने वा मर्जिङ (एकीकरण) तर्फ प्रोत्साहित गर्ने नीति अघि सार्नुभएको छ । साथै, दलहरूभित्रको आन्तरिक लोकतन्त्र र समावेशितालाई व्यवहारमै लागू गराउन आयोगले प्रभावकारी अनुगमन गर्ने उहाँको भनाइ छ । आफ्नो कार्यसम्पादनलाई पारदर्शी बनाउन हरेक चार महिनामा आयोगको प्रगति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिवद्धता समेत कार्कीले व्यक्त गर्नुभएको छ । उहाँले आयोगका भौतिक पूर्वाधारहरूलाई अपाङ्गमैत्री बनाउने र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी निर्वाचन व्यवस्थापनलाई थप व्यावसायिक बनाउने संकल्प समेत प्रश्तुत गर्नुभयो ।