७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको अवस्था बदल्न चुनौतीः मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।”

मुख्यमन्त्री पौडेलले मुलुकमा सङ्घीयताको नयाँ प्रयोग गरी विकासको प्रवाह अघि बढेको भन्दै अधिकारको विकेन्द्रीकरण गरी जनस्तरमा शासन सत्ताको अनुभूति पु¥याइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधान दिवसमा सबै नेपालीहरुमा संविधानप्रतिको आस्था र सम्मान अभिवृद्धि गर्न थप प्रेरणा मिलोस ।”

मुख्यमन्त्री पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्दै आर्थिक समानता, समृद्धि र समतामूलक समाज निर्माण गर्ने सङ्कल्पका साथ प्रदेश सरकार अगाडि बढेको बताउनुभयो ।

यसअघि विभिन्न जातीय पहिचान झल्काउने झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सहभागी थिए । हेटौँडा–४ मा रहेको भुटनदेवी स्कूलको प्राङ्गणबाट शुरु भएको ¥याली स्कूलरोड, बुद्धचोक, नगरपालिका रोड हुँदै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

संविधान दिवस समारोह मूल आयोजक समितिका अध्यक्ष तथा मुख्यमन्त्री पौडेलको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँलगायत मन्त्री तथा प्रदेशसभा सदस्यहरुको सहभागिता थियो ।
–––