१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली नदीमा गाडीसहित चालक बेपत्ता



अ+ अ-

काठमाडौँ, १० साउनः चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिवार साँझ त्रिशूली नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ ।

रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।

सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक नदीमा खसेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।

घटनाको सूचना पाउँनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको समेत सहायक प्रजिअ अधिकारीले बताउनुभयो । रासस