९ श्रावण २०८३, शनिबार
,
Latest
कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन



फाइल फोटो
अ+ अ-

चितवन। उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ ।

हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाले ती दिनमा बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान गर्न सकिने बताउनुभयो ।

रक्तदान गर्नेलाई खाजाको व्यवस्था गरिनुका साथै अस्पतालले प्रमाणपत्र पनि दिने गरेको छ । उहाँका अनुसार खाजाको खर्च भरतपुर महानगरपालिकाले भुक्तानी गर्दछ । बिरामीका आफन्तहरूबाट धेरै रगत सङ्कलन हुने गरेको छ । कतिपय सङ्घ संस्थाले आफ्नो विशेष दिन पारेर रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।

साथै बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरिएको केन्द्रका अधिकारी बाँस्तोलाले जानकारी दिनुभयो । अस्पतालका बिरामीलाई यहाँ सङ्कलन भएको रगतले नपुग्ने भए पनि केही हदसम्म आकस्मिक अवस्थामा सहयोग पुगेको उहाँको भनाइ छ ।

अस्पतालले बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगी गरी पाँच जनाको टिमलाई रगत सङ्कलनमा खटाउँदै आएको छ ।रासस