९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ



फाइल फोटो
अ+ अ-

जनकपुरधाम। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १० वटा पालिकमा कृषिको नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनुभएको छ ।

सङ्घ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्‍याउने गरी मधेस प्रदेशका १० वटा पालिकालाई नमूना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताउनुभयो ।

प्रदेश सरकारको सिफारिसअनुसार प्रदेशका १० पालिकामा सो कार्यक्रम कार्यान्यन गर्ने जनाउँदै उहाँले नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई अब विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

अनुसन्धानबाट प्राप्त नतिजा किसानको खेतसम्म पुर्‍याउन, कृषि उत्पादन बढाउन तथा किसानलाई आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी गराउन कम्तीमा १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने मन्त्री चौधरीले प्रतिबद्धता जनाउनुभयो ।

कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श तथा प्रविधि हस्तान्तरणलाई सो कार्यक्रममार्फत विशेष जोड दिइने उल्लेख गर्दै उहाँले प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राखी माटोको उर्वरा शक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजनामार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले प्रदेश सरकारबाट प्राप्त सुझावलाई सङ्घीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय र स्थानीय सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै सङ्घीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  रासस