८ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश अर्ब राजस्व सङ्कलन



अ+ अ-

विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उहाँले बताउनुभयो ।

सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु नौ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको प्रमुख उप्रेतीले बताउनुभयो ।

तुलनात्मक रुपमा आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको उहाँले बताउनुभयो । यस कार्यालयमा कूल ६० हजार ६७५ करदाता आबद्ध रहेका छन् । रासस